८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भ्रष्टाचार छताछुल्ल पारिदिएको भन्दै एन्फाले खोस्यो टासीको मानार्थ अध्यक्ष पद


३ माघ, काठमाडाैँ । भ्रष्टाचारको विषय छताछुल्ल पारिदिएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेको मानार्थ पद खोसेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेको मानार्थ पद खोस्ने निर्णय गरेको हो ।  यस निर्णयसँगै घले एन्फाबाट अलग भएका छन् ।

एन्फाको चुनावमा आर्थिक लेनदेन भएको भन्दै हालै सार्वजनिक भएको अडियो रेकर्ड पनि घलेले चार जिल्ला अध्यक्षलाई उपलब्ध गराएको एन्फा पक्षको आरोप छ । एन्फाले चार जिल्ला अध्यक्षमाथि सचिवालयले छानविन गरेर अनुसासन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । ललितपुर, काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षले एन्फाको चुनावमा अनियमिता भएको दाबी गर्दै आएका छन् ।

एन्फाको चुनावमा कर्माछिरिङ शेर्पा समूहलाई विजयी गराउन भूमिका खेलेको घलेलाई मानार्थ अध्यक्ष बनाइएको थियो । तर, पछिल्लो समय एन्फा नेतृत्व र घलेबीच दुरी बढेकेा थियो । घलेले केही जिम्मेवारी मागेको तर, अध्यक्ष कर्माछिरिङ शेर्पाले अस्वीकार गरेको बुझिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १९:४६