१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

इटालियन सुपर कप फुटबलको उपाधि आठौं पटक युभेन्टसले उचाल्यो


३ माघ, काठमाडौँ । इटालियन सुपर कप फुटबलको कीर्तिमानी उपाधि युभेन्टसले उचालेको छ । बुधबार राति साउदी अरबमा भएको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले आठौं पटक उपाधि जित्दै कीर्तिमानी कायम गरेको हो ।

युभेन्टसले एसी मिलानलाई फाइनलमा १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोको गोल  निर्णायक बन्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । खेलको ६१औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार ०९:११