१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड


८ चैत, नुवाकोट । कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववीयु र अनेरास्ववियु क्रान्तिकारील क्याम्मपसमा तोडफोड गरेको छ ।

विद्यार्थी संगठनले क्याम्पस प्रशासनसँग राखेको माग ।

बिहीबार बिहान दुबै विद्यार्थी संगठनका प्रतिनिधिले क्याम्पस प्रशासनको टेबुल कुर्सी बाहिर निकालेर जलाउनुका साथै झ्यालहरुमा समेत तोडफोड गरेका छन ।

तीन दिन अघि कर्मचारी र शिक्षकको भर्नामा अनियमतिा भएको लगायतका माग पेश गरेका विद्यार्थीले सम्बोधनका लागि कुनै चासो नदिएपछि तोडफोडमा उत्रनु परेको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल ‘सत्य’ले जानकारी दिए ।

उनले आज पुन ज्ञापनपत्र मार्फत क्याम्पस प्रशासनको ध्यानकर्षण गराईको भन्दै माग सम्बोधनमा कुनै ध्यान नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । तस्बीरः मुनाल गुरूङ

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १३:०७