१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

–धर्म तिवारी

मेरी आमाले घरबाट पठाएको कोसेली
तिमीलाई ताजै खुवाउन भनेर
तिमी फिर्ने बाटोमा घण्टौँको पर्खाइपछि
जब हात उठाएथेँ सङ्केत गर्दै
म सडकमा ढालिएकोथेँ त्यो साँझ।

मलाई अझै थाहा छैन
त्यो तिमी थियौ वा थिएनौ
मलाई अझै थाहा छैन
मलाई तिमीले देख्यौ वा देखेनौ
ब्युँझिएर तिमीलाई खोजेको था छ
तर तिमीले कहिलै खोजेनछौ
म किन अर्कै भएँ कहिलै सोचेनछौ
म उठ्न सकिनछु ढलेपछि
तिमी ढलेकालाई देख्न सक्दैनरहेछौ
अब म अशक्त छु त्यसैले
तिम्रो टेको बन्न सक्दिन फेरि
दुनियाभन्दा फरक तिमी
त्यही दुनियाको साथमा पागल भन्छौ
त्यही दुनियाको साथमा घृणा गर्छौ।

तिमीलाई त थाहा छ है
म र तिमी, तिमी र म भएकै कारण
तिमी त्यहाँ पुगेका छौ
म यहाँ डुबेको छु।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १२:३९