१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘वर्ल्ड रेकर्ड’ कायम गर्न सफल नुवाकोटका अनन्तराम केसी सम्मानित


२३ पुस, काठमाडाैँ । लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई सोमबार काठमाडाैँमा सम्मान गरिएको छ ।

व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले सोमबार आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक ग¥यो ।

केसीले गत भदौ ११ देखि १५ गतेसम्म लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । केसीले प्राप्त गरेको प्रमाणपत्रमा लगातार ९० घण्टा दुई मिनेट भाषण गरी नयाँ वल्र्ड रेकर्ड कायम गर्नुभएकाले सो प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ ।

नुवाकोट शिवपुरी गाउँपालिका–१ का केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोड्नुभएको छ ।

न्यू माइण्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इस्टपोल स्कूलमा वक्तव्य दिनुभएको थियो । नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्तका गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसक्नुभएका केसी आध्यात्मिक साधकसमेत हुनुहुन्छ । केसीले २१ दिन जल उपवास र छ महीना मौन ध्यान साधना पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सो अभियानमा केसीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका ५० भन्दा बढी महानुभावलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार २३:२१