१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

त्रिविले फागुनमा स्ववियु निर्वाचन गर्ने, विद्यार्थी आन्दोलनले नयाँ उर्जा पाउने विश्वास


२३ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आगामी फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने निर्णय लिएको छ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिँदै मितिको जानकारी भने दिएको छैन ।

हाल रहेका स्ववियु पदाधिकारीको आउँदो फागुन १८ गते २ वर्षे कार्यकाल सकिदै छ । निर्देशनालयका प्रमुख गंगाबहादुर मगरले पठाएको पत्रमा निर्वाचनको पूर्व तयारी गर्न गराउन आग्रह गरिएको छ ।

त्रिविले स्ववियुको निर्वाचन तयारी सुरू गरेपछि अनेरास्ववियुका महासिचव एेन महरले नेपाली विद्यार्थीहरुको त्याग र बलिदानीबाट प्राप्त विद्यार्थीहरुको साझा एवं बैधानिक मञ्च जसले लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागी अमुल्य एवं बलिदानी पुर्ण योगदान गरेको छ त्यही संस्थाको रक्षासाथै विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागी तोकिएको समयमा स्ववियु निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न अत्यन्तै जरुरी रहेको बताएका छन ।

महासचिव महरले निर्वाचनको जिम्मेबारी पूरा गर्न त्रिविलाइ अनेरास्ववियुको साथ रहने बताएका छन । उनले अन्य बिश्वबिद्धालयले पनि छिट्टै स्ववियु निर्वाचनको मिति तथा तालिका सार्वजनिक गरि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएका छन ।

महासचिव महरले अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच अब छिट्टै एकता प्रकृया सम्पन्न हुने भएको भन्दै उत्साहजनक रुपमा आ( आफ्नो शैक्षिक संस्थामा क्रीयाशिल भै स्ववियु निर्वाचनमा जुट्न आग्रह गरेका छन ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार २२:२२