४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

चिनियाँ राजदूत हाउ याङ्की काठमाडौंमा


२३ पुस, काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत हाउ याङ्की काठमाडाैं अाएलगतै अाज राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा उनले राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् । चीनसँगै सोमबार नै प्रजातान्त्रिक गणतन्त्र कोरिया, साउदी अरब र स्वीडेनका राजदूतहरुले पनि राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १८:५९