१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आफ्नै छाेरी बलात्कार गरी हत्या प्रयास गर्ने स्याङ्जाका ३५ वर्षीय एक व्यक्ति पक्राउ


२३ पुस, स्याङ्जा । आफ्नै छोरी बलात्कार गर्ने स्याङ्जाका एक युवा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले छाेरीकाे बलात्कार गरि हत्या प्रयास गरेकाे अभियाेगमा ती ३५ वर्षीय युवालाई पक्राउ गरेकाे हाे ।

पुस १४ गते राति बलात्कार गरि उनले ताताे कुँडाे खन्याएर हत्याकाे प्रयास गरेका थिए । १२ वर्षीय छाेरीले बलात्कार गरेकाे विषय आफन्तलाई भनिदिन्छु भनेपछि बुबाले ताताे कुँडाे खन्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक विजयकुमार सिंहका अनुसार पीडित बालिकाले आफूलाई बुबाले यातना दिएर बलात्कार गर्ने गरेकाे बताएकी छिन । प्ररहरीले स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि वढाएको छ ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १६:१५