४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

काठमाडाैंकाे सामाखुसीमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, ४ घाइते


२३ पुस, काठमाडौं  ।  काठमाडाैंकाे  सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने  ४ जना घाइते भएका छन् । कलंकीबाट बौद्ध–थलीतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको अनियन्त्रित माइक्रोले सडक पार गर्दै गरेका उनीहरुलाई ठक्कर दिदा उक्त दुर्घटना भएकाे हाे ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा प्रमुख इन्सपेक्टर मोहन केसीले  जानकारी दिए । अन्य तीन घाइतेको ग्रीन सिटी अस्पतालमा सामाखुसीमै उपचार भइरहेको छ ।

उनका अनुसार ज्यान गुमाउनेमा धुम्बाराहीकी सीता दाहाल रहेकी छिन् । प्रहरीले माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन सुरु गरेको छ ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १४:३७