११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

शनिबारदेखि यूएईमा सुरु भएको एसियन कप फुटबलमा अाज तीन खेल हुँदै


२२ पुस, काठमाडाैँ । यूएईमा जारी महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् । शनिबारदेखि सुरू भएको एसियन कपमा आज समूह ए का एक खेल र समूह बी का दुई खेल हुनेछन् ।

नेपाली समयअनुसार अपराह्न पौने ५ बजेदेखि सुरु हुने पहिलो खेलमा समूह बीमा रहेको साविक विजेता अष्ट्रेलियाले जोेर्डनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सवा आठ बजेदेखि सुरु हुने दोस्रो खेलमा समूह एमा रहेका थाइल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । त्यसै गरी सिरिया र प्यालेस्टाइन आमनेसामने हुनेछन् ।

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १०:२८