१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

वाइड बडी प्रकरणः कांग्रेस सभापति शेरबहादुर देउवासामू तेर्सिएका केही ज्वलन्त प्रश्नहरू


२२ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य (तत्कालीन नेकपा एकालेको पर्यटन प्रवर्द्धन विभागका प्रमुख) सूर्य थापाले  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू तेर्सिएका प्रश्नहरू सार्वजनिक गरेका छन । संसदको रोष्ट्रममा उभिएर अाफैँले छानविनको माग गरेका देउवाले अहिले छानविन अायोग भ्रष्टाचार ढाकछोपका लागि भएको भन्दै सार्वजनिक रूपमै अाशंका व्यक्त गरेका थिए । देउवाको त्यो अाशंकापछि नेकपा नेता थापाले देउवासामू केही प्रश्न उठाएका छन ।

थापाले उठाएका प्रश्नहरू यस्ता छन:
१) संसदकाे राेष्ट्रमबाट वाइड बडी प्रकरणकाे छानविन गर्न यहाँले अाफै माग गर्नुभयाे, मन्त्री परिषदले न्यायिक छानविन अायाेग गठन गरिसक्याे । अनि तपाईं नै भ्रष्ट्राचार ढाकछाेप गर्न सरकारले अायाेग बनाएकाे भाषण गर्न थाल्नुभयाे, किन हाेला ?

२) तपाईले जीवनबहादुर शाहीलाई पर्यटन मन्त्रीबाट खानेपानी तथा सरसफाई मन्त्रीमा पठाएकाे झलझली सम्झिरहेकाे छु, किन थियाे हाेला ? उहाँलाई पन्छाएर वाइडबडीकाे खास डिल गर्ने महाेदय काे थियाे हाेला ?

३) अहिले तपाईकै पार्टीमा रहनुभएका तत्कालीन मन्त्रीहरूका पालामा वाइडबडी काण्डकाे खाल्डाे खनिएकाे थियाे । पछि त्यसमा काे काे हुस्सुहरू परे? काे काे पुरिन्छन् र उम्किन्छन ? हेर्दै जाअाैंला, तर लहराे तान्दै जाँदा पहराे कतातिर गर्जिने छ ?बजारमा त व्यापक सनसनी छ। अाफू काँक्राे खाएर बियाँ अरूकाे गालामा टाँस्ने प्रपञ्च गर्नतिर नलाग्ने हाे कि ?

४) वाइडबडीकाे डिल गर्ने स्थानीय एजेन्ट काे हाे ? चिन्नुहुन्छ कि ? यहाँकाे …राणासँग के साइनाे सम्बन्ध खासमा के रहेकाे छ ? जनताले ने खाेजिदिनुपर्ने हाे कि ? 

५) हवाई माफियामा काे काे सक्रिय र चलायमान छन? बाेइङ् र एयरबसका यहाँ एजेन्ट काे काे छन् ? कुनकुन एयरलाइन्सका जहाज नेपालमा उडान भइरहेका छन् र तिनका जिएसए काे काे छन् र ती कसरी भएका थिए ? कुनकुन निजी हवाई कम्पनी रर व्यक्ति वाइडबडी ल्याउनै नदिएर नेपाल एयरलाइन्सलाई जहाजबिहीन बनाउँदै धरासायी पार्न उद्दत थिए र छन ? खासमा यसाे गरेर मात्रै तिनले कल्पित मुनाफा अार्जन गरिरहन सक्छन भन्ने बुझेरै गरेका छैनन् र ?

६) सार्वजनिक लेखा समितिकाे उपसमितिले तयार गरेकाे प्रतिवेदनमा तथ्य ताेडमराेड गरेर मुख्य जवाफदेही व्यक्तिहरूलाई ढाकछाेप गर्ने तथा कम जवाफदेही वा बाध्य र निर्दाेष व्यक्तिलाई डामेर बदनाम गर्ने चलखेलकाे मुख्य शिखण्डी खाेजी गर्ने हाे कि ?

७) नेपाल एयरलाइन्सलाई माफीयामुक्त गरेर राष्ट्रिय ध्वजाबाहकका रूपमा संसारभर संचालन गर्न साच्चै तयार हुनुहुन्छ ?

८) यहाँलाई लाग्दैन- सुगत कंसाकारमाथि कानुनबमाेजिम कारबाही चलाए पुग्छ ! अनि, किन याे बर्बर र असभ्य हर्कत त ?? उपसमितिले लेखासमितिमा प्रतिवेदन प्रस्तुत नगरी गैरजिम्मेवार ढंगले हल्लाखल्ला गरेकाे दुष्परिणाम याे हाेइन ? संयाेजक राजेन्द्रकुमार केसीका गल्तीकाे जवाफदेही अन्ततः हुने काे हाे ?

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार ०८:५४