१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मनाङबाट प्रदेश सभामा निर्वाचित पूर्व डन दीपक मनाङ्गेले आइतबार सांसदको सपथ लिने


२१ पुस, काठमाडाैँ । मनाङबाट प्रदेश सभामा निर्वाचित पूर्व डन दीपक मनाङ्गेले आइतबार सांसदको सपथ लिने भएका छन । मनाङ्गेको सपथ तय गर्न आइतबार गण्डकी प्रदेशको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । प्रदेश सांसदमा निर्वािचत भए पनि उनले सपथ लिन पाएका छैनन ।

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चाैधरी सांसद पदको सपथ खाएर पुनः जेल गएपछि मनाङ्गेलाई पनि सपथको बाटो खुलेको छ । मनाङ्गे आइतबार सपथका लागि पोखरा जाने भएका छन । हाल काठमाडाैँमै रहेका मनाङ्गे सपथकै भोलि पोखरा जान लागेको उनको परिवारले जनाएको छ । मनाङ्गेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार २०:४५