१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकारले छानविन आयोग बनाएर वाइडबडी भ्रष्टाचार लुकाउन खोजेको देउवाको आरोप


२१ पुस, काठमाडाैँ । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार सरकारले लुकाउन खोजेको भन्दै आपत्ति जनाएका छन ।

शनिबार पूर्वी नेपालको मोरङमा आयोजित एक कार्यक्रममा देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका हुन । उनले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको दाबी गरे ।

देउवाले सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाउनु गलत भएको बताए । उनले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने दृढता व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार २०:३१