१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मुलुकको समृद्धि र जनताको परिवर्तनका लागि सहकारी आवश्यकः मन्त्री अर्याल


२० पुस, पाल्पा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले सुकुम्वासी समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा शुक्रबार ‘रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को ११औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले लामो समयसम्म निकास पाउन नसकेको अव्यवस्थित सुकुम्वासी समस्याको समाधान चाँडोभन्दा चाँडो गरिने बताउनुभयो । “सुकुम्वासी समस्या समाधान गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको छ,” उहाँले भन्नुभयो ।

सहकारीको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने तथा मुलुकको समृद्धि र जनताको परिवर्तनका लागि सहकारी आवश्यक रहेको मन्त्री अर्यालयको भनाइ थियो । उहाँले सहकारीबाटै सरकारले दीर्घकालीन लक्ष्य पुरा गर्नुपर्ने बताउनुभयो । “जनतालाई समृद्ध बनाउने किसिमको सहकारी बनाउनुपर्छ,” मन्त्री अर्यालले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपाली अभियानका साथ सरकार अगाडी बढिरहेको छ ।” सरकार अब जनमैत्री सहकारी निर्माणतर्फ लागेको र सहकारीले उत्पादनका क्षेत्र पहिचान गरी उत्पादन वृद्धि गर्नतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : २० पुष २०७५, शुक्रबार २१:१९