१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख


२० पुस, उर्लाबारी । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ ।

नेपाल नेत्रहीन सङ्घ मोरङले १७औँ साधारणसभाको आज बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपालको संविधानले सबै जाति, धर्म, लिङ्ग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, “अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ ।” सो अवसरमा उहाँले मोरङका ३८ न्यूनदृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २० पुष २०७५, शुक्रबार २१:१५