६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

ए डिभिजन लिग फुटबलमा १२ औं चरणको खेल आजबाट


१६ पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल सुरु हुँदैछ । जस अन्तर्गत आज ३ वटा खेल हुने छन् । ११औं चरणसम्म अपराजित रहँदै सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितिसकेकाले अब तालिकाको दोस्रो देखि पाँचौ सम्मको स्थानको भिडन्त खुल्ला भएको छ ।

एन्फा मैदानमा सोमबार बिहान ११ बजे अब एनआरटी र मछिन्द्र क्लब भिड्ने छन् । मछिन्द्र ६ अंक सहित १२ औं स्थानमा रहँदा एनआरटी ५ अंकसहित पुछारमा छ । एनआरटीविरुद्ध फराकिलो अन्तरले विजयीहुँदा मछिन्द्रले तालिकामा सुधार गर्ने छ । तर एनआरटी विजयी भए १२ औं स्थानमा उक्लने छ । यसैगरी सोमबार नै दिउँसो साढे २ बजे फ्रेण्ड्स र व्रिगेड ब्वाईज भिड्ने छन् । फ्रेण्ड्स ११ औं तथा ब्रिगेड १३औं स्थानमा छ ।

एपीएफको मैदान हलचोकमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी आमने सामने हुने छन् । चौथो स्थानको आर्मी सोमबारको खेलमा विजयी भए थ्रीस्टारलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ ।

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार ०९:४५