७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

क्रिस्टल प्यालेस घरेलु मैदानमै चेल्सीबाट १–० गोल अन्तरले पराजित


१६ पुस, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलको गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राति उसैको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई चेल्सीले १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा एनगोलो कान्टेले गोल गरे । उनको गोल नै जितका लागि निर्णाय बन्यो ।


दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा चेल्सीले गोल गर्दै जित निकालेको हो । खेलको ५१ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल चेल्सी विजयी भएको हो ।

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार ०९:३९