११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

किरण चेम्जोङ उत्कृष्ट गोलकिपर घोषित


१४ पुस, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भएको त्यहाँको फुटबल महासङ्घले जनाएको छ ।

तीन साताअघि माल्दिभ्स फुटबल डट कम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्तरुपमा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा समावेश गरेको थियो । किरणसँगै अन्य दुई खेलाडी पनि मनोनयनमा परेका थिए ।

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए ।

गत महीनामात्र नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दले इण्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन आठ खेलाडीसहित ११ सदस्यीय नेपाली वादोरियो कराते टोली आज बिहान भारतको गुजरातस्थित अहमदाबाद प्रस्थान गरेको छ ।

प्रतियोगिताको पुरुष ५० केजीमुनि विकबहादुर थामी, ६० केजीमुनि नीरज गौतम, ७० केजीमुनि राजु बुढाथोकी, ७५ केजीमुनि जिलेदार थारु, ८० केजीमुनि विशाल खड्गी र ३५ केजीमुनि अजय तामाङ तथा महिला ५० केजीमुनि गरिमा गिरी तथा ४५ केजीमुनि सीमा राईले प्रतिस्पर्धा गर्ने नेपाल कराते महासङ्घका महासचिव हरिशरण केसीले जानकारी दिनुभयो ।

यही पुस १६ दर १७ गते हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेलले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुक्रबार बिदाइ गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार १७:२४