७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपाल प्रहरीका आईजी सर्वेन्द्र खनालको नियतमा शंका देखेपछि अख्तियारले पत्र काट्यो


११ पुस, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको नियतमा शंका लागेपछि अख्तियारले पत्र काटेको छ । खनालले प्रहरी महाशाखा, ३ क्षेत्रीय कार्यालय र ५ सम्पर्क कार्यालयलाई आफू मातहत ल्याएपछि अख्तियारले  खनालसँग जवाफ माग्दै पत्र काटेको छ ।

अख्तियारका एक अधिकारीले जवाफ माग गर्दै प्रहरी महानिरीक्षकलाई पत्र काटिएको पुष्टि गरेका छन । खनालले ११ मंसिरमा प्रहरीको संरचनामा व्यापक फेरबदल गर्दै अख्तियारका सुरक्षा निकायलाई पनि आफू मातहत तान्दै पत्राचार गरेका थिए । प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रमुख रहने महाशाखा र प्रहरी नायब उपरीक्षक (डीएसपी) रहने क्षेत्र र सम्पर्क कार्यालयलाई आफू मातहत ल्याएपछि अखतियारले जवाफ माग्दै खनाललाई पत्र लेखेको हो ।

यसअघि अख्तियारको निर्देशनमा महाशाखा, क्षेत्र र सम्पर्क कार्यालयका प्रहरी अधिकारीले काम गर्दै आएका थिए । तर, आईजीपी सचिवालय मातहत अख्तियारका सुरक्षा निकायलाई तानेपछि ती अधिकारीहरुले आईजीपीको निर्देशन र बिफ्रिङ अनुरुप चल्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार २१:३८