१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्यष्टि आज, गिरीकै इच्छा अनुसार सलामी अर्पण नहुने


४ पुस, काठमाडाैँ । ९३ वर्षको उमेरमा मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ । परिवारले बताए अनुसार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने तयारी रहेको छ । त्यसअघि दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने जनाइएको छ ।

 

पूर्वप्रधानमन्त्री भए पनि उनलाई सलामी दिइने छैन । निधनअघि उनले सलामी नदिन र सर्वसाधारणको जस्तै गरी अन्त्येष्टि गर्न भनेका थिए ।गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए । उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न लागिएको हो ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ०९:१७