८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपाका सांसद बिरोध खतिवडा पनि बने घरभाडा बिरोधी, खातामा अाएको पैसा फिर्ता गर्ने


३ पुस, काठमाडाैँ । काठमाडाैँमा घर हुँदाहुँदै घरभाडा लिएर भ्रष्टाचार गर्ने नेकपाका अर्का सांसद बिरोध खतिवडाले पनि अाफूले घरभाडा बापतको रकम फिर्ता गर्ने बताएका छन ।

संसदीय अभ्यासमा छुट्टै पहिचान बनाएका र कुनै समय मिस नेपाल प्रतियोगिताको बिरोधमा सडक तताएका र यसवर्ष अाफ्नै छोरी श्रृंखलाले मिस नेपाल २०१८ को उपाधि पाउँदा खुशीले गदगद् भएर परिवर्तन अात्मसात गरेका थिए । ठीक त्यसैगरी सांसद खतिवडाले घरभाडाको विषयमा पनि अाफूलार्इ त्यो रकम अाएको नै थाहा नभएको तर अब फिर्ता गर्ने बताएका छन ।

संसद सचिवालयले काठमाडौँमा घर नभएका सांसदहरुलाई घरभाडाबापत प्रति महिना १८ हजार रुपियाँ दिनेगरेको छ । खोजपत्रकारिता केन्द्रले काठमाडाैँमा घर भएर पनि भाडा लिने गरेकासांसदहरूको सूची सार्वजनिक गरेपछि सर्वत्र अालोचना भएको थियो । यही अालोचनाबाट बच्न सांसद खतिवडाले गृह जिल्ला मकवानपुरबाटै अाफूले घरभाडा वापतको रकम फिर्ता गर्ने बताएका हुन ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार २२:३८