११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेकपाको स्थायी कमिटी बैठकः अाज ८ जनाले धारणा राखे, भीम रावलको ३४ बुँदे लिखित सुझाव


३ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठकमा मंगलबार ८ जना सदस्यले आ–आफ्नो धारणा राखेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरुले धारणा राखेका हुन् ।

मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरू भिम रावल, शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अाज अाफ्नो धारणा राख्ने अधिकांश नेताहरूले सरकारको र नेतृत्वको बचाउ गर्दै अाफ्नो धारणा राखेका छन ।

बैठकमा भीम रावलले नेतृत्वलाई १४ पृष्ठ लामो लिखित सुझाव नै पेश गरेका छन । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग समेत गरेका छन ।  अन्य नेताहरुले पनि पार्टी र सरकारभित्र देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै जनतामा आशा छर्ने काम गर्दै जानुपर्नेमा जोड दिएका छन । बैठक बुधबार विहान ८ बजे पुनः धुम्बाराहीमा बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १४:१४