७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काँग्रेस महासमिति बैठकमा केसी र महतबिच हात हालाहाल, बैठक स्थगित


३ पुस, काठमाडौँ । काँग्रेस महासमिति बैठकमा डा प्रकाशशरण महत र जगदिश्वरनरसिंह केसीबीच हात हालाहाल भएकाे छ । काँग्रेस महासमिति बैठकमा विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा हात हालाहालकाे अवस्था सिर्जना भएको हो ।

मंगलबारको बैठकमा केसी बाेल्दै गर्दा एकाएक डा महत आएर केसीकाे हातबाट माइक खोस्न थालेपछि धकेलाधकेल हुनेक्रममा माइक समेत फुटेको छ । केसीले विधान नआएसम्म बैठक अघि नबढ्ने भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको दाबी गरेका छन् । विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी बैठक स्थगित भएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो । तर, बैठक सकिने दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन । जसले गर्दा महासमिति सदस्यहरु आक्रोशित बनेका छन् । काँग्रेस महासमिति बैठक शनिबारदेखि राजधानीमा जारी छ ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १३:०४