१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल प्रहरीले खोजिरहेको ३३ किलाे सुन कोलकत्तामा भेटियो, गोरेकै गाउँलेसँग भेटियो सुन


२९ मंसिर, काठमाडाैँ । नेपालमा सर्वाधिक खोजिएको ३३ किलो सुन भारतको कोलकत्तमा भेटिएको फेला परेको छ । भारतीय प्रहरीले गत शुक्रबार बरामद गरेको ३३ किलो गोरेले तस्करी गरेकै सुन भएको नेपाल प्रहरीले अाशंका गरेको छ ।

३३ किलो सुनतस्करी प्रकरणमा छानविन गर्न गठन गरिएको समितिका संयोजक सहसचिव इश्वर पाैडेलले सुन भेटिएको जानकारी पाएको  र उक्त सुन सुनसरीकै मान्छेबाट बरामद गरिएको खबर अाएकाले नेपालमै खोजिएको सुन हो कि होइन भन्ने विषयमा भेरिफाइ भैरहेको बताएका छन ।

कलकत्ता प्रहरीले हेमप्रसाद शर्मा र राकेश प्रसादको साथबाट बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको सह–सचिव पौडेलले जानकारी दिए । कलकत्ता प्रहरीले २१ शुक्रवार उक्त सुन बरामद गरेको बताइएको छ । ३३ किलो सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार १२:०३