११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

बैंक अफ काठमाडौले २५ प्रतिशत लाभांश दिने


२८ मंसिर, काठमाडौँ  ।  बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४÷७५ मा रु एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी रु सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब भन्दा बढी पुग्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १३:४०