८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राति ढिलोसम्म नसुत्नेमा यस्ता ५ डरलाग्दा रोगको खतरा


२७ मंसिर, काठमाडाैं ।  दिनभरीको थकाइ मार्न रातभरी सुत्न आवश्यक छ । निद्रा स्वास्थका लागि अत्यावश्यक छ । १८ देखि २५ वर्ष यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । भने २६ देखि ६४ उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ ।

तर यो उमेरका मानिसहरु काम सँगसँगै आधुनिक प्रविधिसँग पनि उत्तिकै व्यस्थ रहने भएकाले निद्रा मारिरहेका हुन्छन् । जसले उनीहरुको शरीरमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

शरीरमा भएको बायोलोजिकल घडीले हाम्रो शरीरमा सुत्ने र उठ्ने नियम कायम राख्छ । यदि तपाई रातभर जाग्नुभयो भने यो नियम टुट्छ र स्वस्थ्यमा प्रतिकुल प्रभाव पार्छ । जसले अनेक डरलाग्दा रोग निम्त्याउँछ ।

उच्च रक्तचाप
अनिदो उच्च रक्तचापको प्रमुख कारण हो । उच्च रक्तचापको कारण अन्य रोगहरु जस्तै मधुमेह, मुटुको रोग, मृगौला विग्रिने र मस्तिष्क घातजस्ता रोगहरु लाग्न सक्छ ।

तनाव बढाउँछ
निद्रा नपुग्दा मस्तिष्कले पूरा आराम पाउँदैन । जसले गर्दा मानसिक तनाव बढ्छ । सही समयमा खाना नखानु, शारीरिक व्यायाम नगर्नु, राम्रोसँग नसुत्नु जस्ता कारण मानसिक तनाव बढ्ने गर्छ ।

यौन जीवन प्रभावित
रातिसम्म नसुत्ने पुरुषको वीर्यमा शुक्रकिटको मात्रामा कमि आउँछ । र यसको आयु पनि घट्छ । ढिलो सुत्ने र आराम कम गर्दा शरीरमा एन्टीस्पर्म एन्टीबडीको लेबल बढ्छ जुन एक प्रकारको प्रोटीन हो जसले प्रतिरक्षा प्रणालीमा कमी गराउँछ र शुक्रकिटलाई मार्छ ।

मधुमेहको खतरा
राति धेरैबेर बस्दा शरीरमा हर्मोनको मात्रा बिग्रीन्छ । हर्मोनको गडबढीको कारण विभिन्न प्रकारका रोग लाग्ने खतरा पनि बढ्छ । जसमा मधुमेह प्रमुख मानिन्छ । दैनिक जीवनमा तलमाथि हुँदा पनि निद्रामा कमि आउँछ । निद्रामा आउने समस्यालाई ‘स्लीप ऐपनिया’ भनिन्छ । जुन बढ्दै जान्छ र निद्रामा सास रोकिने समस्या आउँदा मानिसको मृत्यु पनि हुनसक्छ ।

रोग प्रतिरोधात्म क्षमतामा कमी
रातिसम्म अनिदो बस्नेहरुको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । र विभिन्न भाइरस, ब्याक्टेरिया र रोगको संक्रमण बढ्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार १०:५९