१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

२६ मंसिर, काठमाडाैं ।  शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका दश उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा जलविद्युत् ३५.७७, वित्त ३.६२, उत्पादन १.५२, अन्य ०.६५ र बीमा २३.६४ बिन्दुले बढेको छ ।

बैंकिङ १.३३, होटल ३७.२७, विकास बैंक २.५७, निर्जीवन बीमा १०.६९ र लघुवित्त ८.४६ बिन्दुले घटेको छ । सोल्टी होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रोगेसिभ फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् ।

सिटिजन इन्टरनेशनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र मिर्मिरे लुघवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार १६:३९