६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

धितोपत्र बजार सुधारको माग राख्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा लगानीकर्ताकाे आज पनि धर्ना


२५ मंसिर, काठमाडाैं ।  धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् ।

 

धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु भएको छ । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उहाँले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

लगानीकर्ताले आज तेस्रो दिन पनि अनशन जारी राखेका हुन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले काम शुरु गरिसकेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले यही मङ्सिर २० गते उक्त कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलको पहिलो बैठक यही मङ्सिर २३ गते बसेको थियो । बैठक पुनः आज बस्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रालयले कार्यदललाई सात दिनभित्र सुझाव दिन समयावधि तोकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार १३:५०