१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पोखरा महानगरपालिकाको वडा नं १६ सेनेटरी प्याडयुक्त विद्यालय घाेषणा


२० मंसिर, पोखरा ।  पाेखरा महानगरपालिका वडा नं १६ का विद्यालय सेनेटरी प्याड युक्त घाेषणा भएका छन् । वडा कार्यलय १६ ले विद्यालयलाइ सेनेटरी प्याड,हातधुने सावुन सहित ट्वाइलेट पेपर दिएर अवदेखी ट्वाइलेटमा निशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्न अनुराेध गर्दै घाेषणा गरेकाे हाे ।

कार्यक्रममा सहभागीलाइ महिनावारी तथा प्याडकाे प्रयाेगका सम्वन्धमा सचेतना सहित विद्यार्थीलाइ पुन: प्रयाेग गर्न मिल्ने कपडाकाे सेनेटरी प्याड समेत वितरण गरिएकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सांसद प्रभा काेइरालाले हरेक विद्यालयले विद्यार्थीलाइ निशुल्क प्याड व्यवस्थापन गर्नुपर्ने अावश्यकता अाैलाइन । उनले १६ दिने अभियानकाे वारेमा जानकारी दिदै वडाले प्रशंसनीय कार्य गरेकाे वताइन् ।

वडा कार्यलयले सामाजिक जागरणका लागि नारी अभियानकाे पहलमा उक्त कार्यक्रम गरेकाे हाे । कार्यक्रममा वाेल्दै वडाअध्यक्ष जीवन अाचार्यले सम्पुर्ण विद्यालयलाइ सेनेटरी प्याडकाे व्यवस्थापन गर्न अनुराेध गर्दै राम्रो व्यवस्थापन गर्ने विद्यालयलाइ वडाले सम्मान गर्ने समेत जानकारी दिए । उनले विद्यालयले व्यवस्थापन गर्न नसके वडाले सहयाेग गर्ने प्रतिवद्दता गर्दैन व्यवहारमा उतार्न अनुराेध गरे ।

त्यस्तै महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमराज वरालले याे विषय देख्दा सानाे भएपनि सानाे रुपमा नसाेच्न अाग्रह गर्दै संवेदनशिल भएर साेच्न र कार्वान्वयनमा सहयाेग गर्न अनुराेध गरे ।

कार्यक्रममा अभियन्ता,अधिवक्ता तथा पत्रकार सुष्मा पाैडेलले अभियानका वारेमा जानकारी सहित सचेतना जागृत गर्दै घाेषणा गर्न लगाएकी थिइन् ।उनले स्वास्थ्य सवै नेपालीकाे माैलिक हक भन्दै स्वास्थ्यमा खेलवाड नगर्न विद्यालयमा सफा खानेपानी तथा शाैचालयमा सेनेटरी प्याड व्यवस्थापन गर्न अाह्वान गरिन् ।

कार्यक्रममा कपडाकाे प्याड निर्माणकर्ता कृष्ण पाैडेलले प्याड प्रयाेग वारेमा जानकारी गराए ।साथै वातावरण मैत्री प्याड प्रयाेगमा जाेड दिए ।
कार्यक्रममा प्रगति वाे स्कुलका दिनेश श्रेष्ठ,गाेर्खा वाे स्कुलका दिपक अधिकारी, गण्डकी वाे. स्कुलका यज्ञ शर्मा,रिभर डेल वाे स्कुलका असाेक गुरुङ,सुर्वाेदय वाे स्कुलका राजेश गुरुङ,पाेखरा एकेडेमीका सुरज पाैडेल, विद्यालय व्यवस्थापन समिति सामुदायकका तर्फवाट चन्द्रा थापा,संस्थागतका तर्फबाट उदय बस्नेतले विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन वारे जानकारी गराएका थिए ।

  

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार २१:५८