११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

विश्वकप क्रिकेट छनोटमा नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको विजय लक्ष्य


३ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा सातौं स्थान हात पार्नका लागि नेपालले नेदरल्याण्ड्सबाट १९० रनको विजयी लक्ष्य पाएको छ ।


जिम्बाब्वेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारत ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन जोड्यो ।
उसका लागि बस डे लीडले सर्वा्धिक ३९ तथा म्याक्स ओ’डोडले २८ रनको योगदान गरे ।

नेदरल्याण्ड्सलाई मध्यम स्कोरमा रोक्ने क्रममा सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने, ललित राजवंशीले २ २ तथा शक्ति गौचनले १ विकेट लिए । एक दिवसीय मान्यता पक्का गरिसकेकाले दुवै टोलीका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हो ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार १६:५८