११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

भारतीयलार्इ नेपाली नागरिकता दिलाउने विराटनगरका कांग्रेस नेता उद्धव अर्याल धराैटीमा छुटे


२० मंसिर, विराटनगर । जिल्ला अदालत मोरङले भारतीय नागरिकलार्इ नेपाली नागरिकता दिन सिफारिस गर्ने नेपाली कांग्रेसका नेता एवं विराटनगर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उद्धव अर्याललार्इ धराैटमा छाड्न अादेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले अर्याललाई १२ हजार धरौटीमा छाड्न आदेश दिएको हो । झुठो विवरण दिएको आरोपमा वडा अध्यक्ष अर्यालसहित वडा सदस्य रमेश साह र वडा सचिव पुष्पा तिम्सिनासहित १६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । गैर नागरिकलाई नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्ष उद्धव अर्यालविरुद्ध मुद्धा दायर गरिएको थियो ।

नक्कली बाबु बनी भारतीयलाई नागरिकता बनाई दिने विराटनगर –१ घर भई हाल कटहरी गाउँपालिका बस्दै आएका सतयनारायण मण्डल भने पूर्पक्षको लागि यस अघि नै कारागार चलान भएका छन । प्रहरीको खोजीमा रहेका वडा अध्यक्ष अर्याल सुटुक्क आफू निकटका कानुन व्यवसायीलाई लिएर अदालतमा उपस्थित भएका थिए । वडा अध्यक्ष अदालतमा उपस्थिति भएकै दिन जिल्ला अदालतले बयान लिएर आदेश दिएको हो ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार ०९:२८