८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लोकसेवाको अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १ लाख घुस लिने स्वास्थ्य सहसचिव पौडेल पक्राउ


मंसिर १६, काठमाडौँ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत सहसचिव डा तारानाथ पौडेल घुस रकमसहित पक्राउ परेका छन् ।लोकसेवा आयोगको लिखित परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १ लाख घुस लिएको अवस्थामा सहसचिव डा पौडेल पक्राउ परेका हुन् ।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा आइतवार अपराह्न पौडेल पक्राउ परेका हुन् । पौडेलमाथि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १९:०४