४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

प्रधानमन्त्रीले पाए १ लाख डलरको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड, युवा र बालबालिकाकाे लागि खर्चिने


१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ । आइतबार आयोजक युनिभर्सल पिस फेडरेसनले  समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड प्रदान गरेकाे हाे ।


संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई  अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी हुन् । पुरस्कार पाएलगत्तै ओलीले सरकारलाई त्यो रकम हस्तान्तरण गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले उक्त रकम कोष नै खडा गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताए ।

 

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १८:४९