१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

विदेशी पाहुनामा गलत सन्देश नजाओस् भनेर निर्मलाको तस्बीर हटाइएको प्रहरी प्रवक्ताकाे दावी


१६ मंसिर, काठमाडौँ । नेपाल प्रहरीले विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले ‘भीभीआइपी मुभमेन्ट’ हुने ठाउँका मात्रै पोस्टर निकालेको र अन्य ठाउँमा भने प्रहरीले कुनै पनि हस्तक्षेप नगरेको दाबी गरे ।

अहिले विभिन्न देशका पाहुना काठमाडौँमा रहेका र यस्तो बेला विरोध गर्ने, जथाभावी पर्चा पम्लेट टाँस्ने गर्दा नेपालको छवि धुमिल हुने भएकाले केही ठाउँमा हस्तक्षेप गर्नु परेको उनले बताए । विरोध गर्न पाउने सबैको संवैधानिक हक भए पनि सडक नै जाम गरेर प्रदर्शन गर्ने र पर्चा पम्लेट टाँस्दा विदेशी पाहुनाको अगाडि अशोभनीय देखिने भएकाले मात्रै प्रहरीले अवरोध गरेको प्रवक्ता सुवेदीले बताए ।

आफूहरुले पोस्टर टाँस्नेलाई पक्राउ गरेको नभई विरोधको नाममा सडक अवरुद्ध गर्नेहरुलाई पक्राउ गरिएको पनि बताए । निर्मला हत्याकाण्डको सिआइवी र दक्ष प्रहरी अधिकारीबाट गम्भीर रुपमा अनुसन्धान भइरहेको समेत उनले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १४:४२