११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

धादिङकाे महादेवबेसीमा बसको ठक्करबाट  १ जनाको मृत्यु, राजमार्ग अवरूद्व


१६ मंसिर, काठमाडौँ । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । धादिङकाे थाक्रे गाउँपालिका–६ दशकिलामा बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई आइतबार बिहान ८ बजे ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।


मोटरसाइकलमै सवार अर्का १ सामान्य घाइते व्यक्तिकाे धार्केकाे एक अस्पतालमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

तर, अहिले अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १०:२०