११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

क्रिकेटको नयाँ रेकर्डले समस्त नेपाली हर्षितः प्रधानमन्त्री ओली


२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बावेमा सञ्चालन भएको एक दिवसीय विश्वकप क्रिकेट छनौट खेलमा पाएको सफलताप्रति नेपाली क्रिकेट टोली र नेपाली क्रिकेट प्रेमीहरुलाई वधाई ज्ञापन गरेका छन ।

प्रधानमन्त्री ओलीले शुक्रबार एक बधाइ सन्देश जारी गर्दै नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीसँगको खेलमा गरेको उत्कृष्ट प्रदर्शनले नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेको उल्लेख गरिएको छ । यो रेकर्डले समस्त नेपालीलाई हर्षित तुल्याएको प्रधानमन्त्रीको बधाइ सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार २३:०१