८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको अपराजित यात्रा कायमै


१० मंसिर, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा बर्नमाउथमाथि २–१ गोलको जित निकाल्दै अार्सनल २७ अंकका साथ पाँचौ स्थानमा रहेको छ । उपहार गोल पाएर अार्सनल विजयी भएको थियो ।

खेलको ३० औं मिनेटमा जेफरसन लर्माले बल किलियर गर्न खोज्दा आफ्नै जाली चुमे पछि उपहार गोलमार्फत आर्सनलले अग्रता बनाएको थियो । जोसुवा किंगले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै बर्नमाउथलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा १–१ गोलको बराबरी भए पनि दोस्रो हाफमा आर्सनलले १ गोल थप्दै अपराजित यात्रा कायमै राखेको हो । पेरेर इमरिकले गोल गर्दै आर्सनलको जित पक्का गरेका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ०९:३१