११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

भ्रष्टाचारको अारोप लागेका नुवाकोट क्याम्पसका प्रमुख डंगोलले खुल्ला चाैरमै विद्यार्थी कुटे


९ मंसिर, नुवाकोट । भ्रष्टाचारको अारोपमा क्याम्पसबाटै बर्खास्तको सिफारिसमा परेका नुवाकोटको सबैभन्दा पुरानो नुवाकोट अादर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणमान डंगोलले विद्यार्थी कुटेका छन । अाइतबार डंगोललार्इ नै कारबाही गर्न सिफारिस भएको प्रतिवेदनको विषय विद्यार्थीले उठाएपछि उनले विद्यार्थीमाथि हातपात गरेका हुन ।

उनले क्याम्पसको चाैरमा साथीहरूसँग गफी गरिरहेका स्नातक तह तेस्रो वर्षमा अध्ययरत प्रदीप भट्टलार्इ हातपात गरेका हुन । भट्ट नेकपा निकट अनेरास्ववियुको क्याम्पस कमिटीका सदस्य समेत रहेका छन । घटनापछि अनेरास्ववियुले एक विज्ञप्ति मार्फत क्याम्पस प्रमुखलार्इ विद्र्यार्थीलार्इ कुटपिट गरेको विषयमा माफी माग्न अाग्रह गरेको छ ।

 

उसले क्याम्पस प्रमुख डंगोलले माफी नमागे विभिन्न अान्दोलनका कार्यक्रम अघि सार्ने जनाएको छ । अनेरास्ववियु क्याम्पस इकाइका अध्यक्ष बिस्णुहरि रिमाल (सत्य)ले छानविन समितिले भ्रष्टाचार गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको प्रमुखले उल्टै विद्यार्थी कुट्दै हिड्ने अवस्थामा विद्यार्थी संगठनले उठाएका माग पूरा गर्न समेत कठिन हुने भएकाले सशक्त अान्दोलन गर्ने चेतावनी दिएका छन ।

उनले शैक्षिक गुणस्तर कायम राख्न र विद्यार्थी हक अधिकार सुनिश्चित गर्नको निमित्त अग्रमोर्चामा रहेर लड्ने उद्घोष समेत गरेका छन । विद्यार्थीले विभिन्न ६ बुँदे माग गरेर तालाबन्दी गरेको भएपनि क्याम्पस प्रशासनले उक्त ताला खोल्नका निम्ति अहिलेसम्म चासो लिएको छैन ।

यो पनि पढ्नुहोस्

–नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित) 

–नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

–नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

–नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

–प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)

–कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार २१:४७