८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेप्से घट्दा कारोबार रकम बढ्यो, लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै


२२ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा बन्द भएको हो । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार पनि बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण कायमै रहेको देखिन्छ। यस दिन मानुषि लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १५:२८