८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

१५ प्रतिशत लाभांश दिँदा पनि रोकिएन सर्वोत्तम सिमेन्टको सेयर मूल्य घट्ने क्रम


२२ चैत, काठमाडौँ । १५ प्रतिशत नगद लाभांश दिँदा पनि सर्वोत्तम सिमेन्टको सेयर मूल्य घट्न रोकिएको छैन् । केही समयअघि १ हजार ८३ रूपैयाँ पुगेको कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेर आज यो समाचार तयार पार्दासम्म ८६४ रुपैयाँमा आएको छ ।

छोटो समयमा नै सर्वोत्तम सिमेन्टको सेयर मूल्य २१९ रुपैयाँ भन्दा धेरैले घटेको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि कम्पनीको सेयरमा बिक्रीमा चाप देखिएको छ ।

अघिल्लो सातासम्म निरन्तर सकारात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य भने यो साता लागेसँगै पहिलो कारोबारको दिन आइतबार नकारात्मक सर्किटलागेको थियो । त्यसदिन यता साताको अन्तिम दिन बिहीबार पनि कम्पनीको सेयरले घट्ने क्रमलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १३:०९