७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१२० रुपैयाँ मै सर्वसाधारणले एनएमबि बैंकको सेयर किन्ने आज अन्तिम दिन


२२ चैत, काठमाडौँ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १६ गतेदेखि विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको थियो । सो सेयरमा आज  कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

बिक्रीमा राखेको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ । सो सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १०:२०