२ बैशाख २०८१, आईतवार | Sun Apr 14 2024

हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न पिपुल्स पावरले बोलायो साधारण सभा


२२ चैत, काठमाडौँ । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले वैशाख १७ गते लिसारा बैंक्वेट हल नक्साल, काठमाडौँमा छैठौँ र सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजेबाट शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।त्यसैगरी, सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ। यसको अर्थ चैत २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन सक्नेछन्।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०९:५७