७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेप्सेमा ४७ लाख ४७ हजार कित्ता बोनस सेयर सूचिकृत


२१ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा साना किसान लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १६:३६