७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बम्पर लाभांश, यस्तो छ बोनस र नगद


२१ चैत, काठमाडौँ । सुर्यज्योति लाइफ इन्स्योरेन्सले बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १०:१८