२ बैशाख २०८१, आईतवार | Sun Apr 14 2024

ग्लोबल आइएमई लघुवित्तको सेयर बिक्रीमा


२१ चैत, काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्री राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०९:५८