७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रभु बैंकको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने


२१ चैत, काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०९:२५