२ बैशाख २०८१, आईतवार | Sun Apr 14 2024

आज गोर्खाज फाइनान्स र सर्वोत्तम सिमेन्टको सेयरमा झुम्मिए लगानीकर्ता


२० चैत, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा बन्द भएको छ ।

मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ बराबारकाे कारोबार भएको छ । आज गोर्खाज फाइनान्सकाे सेयरका लगानीकर्ता झुम्मिएका छन् । यस दिन कम्पनीकाे गोर्खाजको १४ करोड ९६ लाख रुपैयाँ बराबरकाे काराेबार भएकाे छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको ९करोड ५७ लाख रुपैयाँ, तारागाउँ होटलको ७ करोड ४७ लाख र एनआइएमबि डिबेञ्चर २०८० को ६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १५:१७