१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुरजको अाफ्नै सुर, भ्रमण वर्ष संयोजकको परिचयात्मक कार्यक्रम नै रद्द गरेर हिँडे विदेश


९ मंसिर, काठमाडाैँ । नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा नियुक्त भएका चर्चित गाडी व्यापारी सुरज वैद्य अाफ्नो परिचयात्मक कार्यक्रमनै क्यान्सिल गरेर विदेश उडेको खुलासा भएको छ । नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा तीन वर्षका लागि नियुक्त भएका वैद्यका लागि नियुक्त भएको तीन सातापछि परिचयात्मक कार्यक्रम अायोजना गरिएको थियो तर कार्यक्रम फिक्स भएकोअर्को चार घण्टामै क्यान्सिल गरेर उनी अाफ्नो व्यतिगत कामका लागि टर्की उडेको नेपाल पर्यटन बोर्ड स्रोतले जनाएको छ ।

वैद्यको परिचयात्मक कार्यक्रमको निमन्त्रणा समेत पाएका नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अार्याल अाफूलार्इ निमन्त्रणा अाएको अर्को चार घण्टामा पुनः कार्यक्रम क्यान्सिल भएको म्यासेज अाएको बताउँछन । ‘संयोजकको व्यक्तिगत कुरा म जान्दिन उहाँले नेपाल भ्रमणवर्षबारे अाफ्नो प्रस्तुती दिने भन्ने कार्यक्रम तय भएको रहेछ पछि उहाँले नै त्यो कान्सिल गर्नुभएछ किन गर्नुभो ? मलार्इ जानकारी छैन ।’

पर्यटन बोर्डकै सदस्य रहेका वरिष्ठ पर्यटन व्यवसायी दीपक महत पनि अाफ्नो सेड्युल नै नहेरी बैठक डाकेर फेरि तत्काल क्यान्सिल गर्दा गलत सन्देश प्रवाह भएको बताउँछन । महत भन्छन ‘नेपाल भ्रमण वर्ष घोषणा भएको महिनाैँ बितेपछि संयोजक पाउने, संयोजकलार्इ परिचयात्मक कार्यक्रम गर्न पनि हप्ताैँ लाग्ने हुँदै गयो भने प्रभावकारी काम हुन सक्दैन । अहिले भ्रमण वर्षका धेरै काम अघि बढीसक्नु पर्नेमा शून्यतामा रहेको छ । त्यसकारण बरू यो भ्रमण वर्ष २०२० लार्इ २०२१ बनाउनु उपयुक्त हुन्छ ।’ यस्ता महत्वपूर्ण अभियानाहरू सञ्चलन गर्दा योजनावद्ध  ढंगले व्यवस्थिपत रूपमा गर्नुपर्ने बताउँदै महतले काम गर्ने यस्तै शैली रहे लक्ष्यप्राप्तिमा ठूलो समस्या हुने बताए ।

मंसिर ४ गते ५ गतेका बैठक डाकेका वैद्य ४ गतेनै बैठक रद्द गरेर व्यक्तिगत कामको शिलशिलमा मंसिर ५ गते विदेशिएका हुन । स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी र सचिव कृष्ण देवकोटा दुबै वैद्यप्रति सकारात्मक देखिएका छैनन् । मन्त्री अधिकारीले अाफैँले मन्त्रीस्तरीय निर्णय गरेर वैद्यलार्इ नियुक्ति दिएको भए पनि उनले वैद्यबाटै भिजिट नेपाल २०२० सफल हुनेमा सशंकित बनेको बुझिएको छ ।

कात्तिक १६ गते मन्त्री अधिकारीले  नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकका रूपमा वैद्यलार्इ तीन वर्षका लागि नियुक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका वैद्य टोयटा गाडीको नेपालको अाधिकारिक बिक्रेता वैद्य अर्गनाइजेनका अध्यक्ष समेत हुन । उनी अाफ्नै निजी व्यवसायमा बढी व्यस्त रहने भएका कारण भ्रमणवर्षको तयारी पूरै प्रभावति हुने हो कि भन्दै पर्यटन व्यवसायीहरू चिन्तित बनेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार १३:४८