२ बैशाख २०८१, आईतवार | Mon Apr 15 2024

२१० रुपैयाँमा सर्वसाधारणले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर खरिद गर्ने आज अन्तिम दिन


२० चैत, काठमाडौँ । सर्वसाधारणले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको सेयर किन्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १३ गतेदेखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो ।

लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूका लागि सो सेयर बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी कम्पनीले बिक्री खुला गरेको हो  । बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता २१० रूपैयाँ तोकिएको छ ।

सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १०:४६