७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मानवतस्करीको अारोप लागेका राखेपका सदस्य फत्तवहादुर गुरुङ बर्खास्त


७ मंसिर, काठमाडाैँ । सरकारलेल मानवतस्करीको अारोप लागेका राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तवहादुर गुरुङलाई बर्खास्त गरेको छ । गत कात्तिक २१ गते बसेको बसेको मन्त्रिपरिषद् बैठकले गुरूङलार्इ बर्खास्त गरेको हो । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गुरूङलार्इ बर्खास्त गरेको जानकारी दिए ।

गुरूङलार्इ एक वर्ष अघि सदस्यसचिव केसवकुमार विष्टले मानवतस्करीको अारोपमा  निलम्वन गरेका थिए । गुरुङलाई सदस्यसचिव स्तरीय निर्णय गर्दै निलम्वन गरिएको त्यतिखेर सदस्यसचिव विष्टले बताएका थिए । गुरुङले खेलकुदको दुरुपयोग गर्दै गैरखेलाडीलाई जापान लगायका मुुलुकमा मोटो रकम असुलेर पठाउँदै आएको खुलासा भएको थियो ।

सो कुराको सार्वजनिक रुपमा पीडितले जानकारी गराएपछि गुरुङको खेलभित्रको मेनपावरको धन्धाको पर्दाफास भएको थियो । त्यसपछि गुरुङले आफुले जापान पठाउन गैरखेलाडीवाट १० लाख रुपैयाँ लिएको स्वीकार गरेका थिए । गुरूङ नेकपा निकट रहेकै सदस्य हुन । उनी पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने सदस्य रहेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार २०:४३